संघीयतापछि दाेस्राे पटक भएको स्थानीय तहकाे निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेकाे छ।
जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदान कार्यमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार ३ सय ३२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले जानकारी दिए।
अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्याउने काम जारी छ।
सबै ठाउँबाट मतपेटिका संकलन भएपछि यकिन तथ्यांक अझै थाहा हुने उनले बताए।
याे चुनावमा कैलालीका १३ स्थानीय तहमा ५ लाख २५ हजार १ सय २५ मतदाता रहेका थिए। जुन मतदाता संख्यामध्ये ४५ प्रतिशत मतदाताले मतदान गरेका छैनन्।
सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा सबभन्दा बढी मतदाता रहेका छन्।
अहिले अन्य जिल्लामा मत कति खस्याे भन्नेबारे विवरण संकलन भइरहेको छ।