सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो।
मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको हो।
कार्यकर्ताले मतदान केन्द्रमेत घेरेका छन्। मतदान केन्द्रमा खटिएका मतदान अधिकृत टोपबहादुर रानासहितका कर्मचारीसमेत केन्द्रभित्र थुनिएको सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटोले जानकारी दिए।
उनका अनुसार सुरक्षा व्यवस्था थप कडा गरेपछि मात्र मतदान पुन: सुरू गर्न सकिनेछ।