रूपन्देहीको मर्चवारी गाउँपालिकामा वडा अध्यक्षका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ।
वडा नम्बर ५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा बम बिष्फोट भएको हो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बम बिस्फोट भएको जानकारी आएको र सुरक्षाकर्मीको टोली घटनास्थलमा जादै गरेको जानकारी दिए।
घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी टोली घटनास्थल पुगेको छ ।