कपिलवस्तुमा अहिलेसम्म ६५ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीका अनुसार ७०/७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ।
दलहरूको सल्लाह र सहमतिपछि मतगणना गरिने उनले बताए।
सबै पालिका र मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए।
यस्तैगरी, पौने ५ बजेसम्म पश्चिम नवलपरासी ५८.५ प्रतिशत मत खसेको छ।
प्रतापपुर, रामग्राम, बर्दघाट र पाल्हिनन्दनको नयाँ अपडेट नआएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए।
साँझसम्म ६५ प्रतिशत बढी मत खस्ने पोखरेलको अनुमान छ।
सबै पालिकामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए।