व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो।
तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरूष र ६३ महिला मतदाता छन्। तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए।
तिंकर मतदान केन्द्रमा १११ पुरूष र १२० महिला गरी २३१ जना मतदाता थिए।
व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छांगरूमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरूमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन्।
यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छांगरू तिंकर बसाई सरेका थिए। यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छांगरू तिंकर बसाई सर्ने गरेका छन्।