सर्लाहीको धनकौल गाउँपालिका–२ स्थित दुई वटा मतदान केन्द्रमा अवरूद्ध मतदान सुरु भएको छ।
विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताबीचको झडपले ७ घण्टादेखि स्थगित भएको दुई वटा मतदान केन्द्रमा मतदान सुरू भएको निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए।
बरालका अनुसार पौने तीन बजेदेखि मतदान पुनः सुरू भएको हो। ‘साँझ ५ बजेसम्म मतदानस्थलको घेराभित्र मतदातालाई छिराएर सकिने जति मतदाताले मतदान गर्न पाउनेछन्’, उनले भने।
उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच बिहानैदेखि झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। निर्वाचन अधिकृत दत्तका अनुसार नेपाली सेनालाई नै पहिलो घेरामा राखेर मतदान सुरू गराईएको छ।