कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दार्चुलाको शैल्यशिखर नगरपालिका ६ स्थित पशुपति भवन माध्यमिक विद्यालयमा रहेको ग्वानी मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार झडपलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो।
घटनास्थलमा भएको तनावपूर्ण स्थितिलाई प्रहरी, सशस्त्र र सेनासमेतले सामान्य बनाउन बल लगाउनु परेको थियो।
तनाव कम भएपछि मतदान कार्य सुरू गरिने प्रहरीले जनाएको छ।