प्रदेशमा १६ लाख मतदाता रहेको अहिलेसम्म ७ लाख ११ हजार २ सय ८५ मत खसेको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन्।
जस अन्तर्गत कैलालीमा ५ लाख २५ हजार १ सय २५ मतदाता रहेकोमा दिउँसो १ बजेसम्म ४३ प्रतिशत अर्थात् २ लाख २५ हजार ८ सय ३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै, कञ्चनपुरमा २ लाख ९५ हजार ३ सय ४५ मतदाता रहेकोमा ३५ प्रतिशत अर्थात् १ लाख ३ हजार ३ सय ७० मत खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।
डडेल्धुरामा ९० हजार १ सय १९ मतदाता रहेको ३३ प्रतिशत अर्थात् २९ हजार ७ सय ३९ मत खसेको छ।
डोटीमा दिउँसो १ बजेसम्म १९ हजार २ सय ८६ मत खसको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ। त्यहाँ १ लाख २३ हजार ५ सय ५४ मतदाता रहेका छन्।
अछाम १ लाख ५६ हजार २ सय ८० मतदाता रहेकोमा अहिलेसम्म ४० प्रतिशत अर्थात् ६२ हजार ५ सय १२ मत खसेको छ।
दार्चुलामा ८८ हजार २ सय ८५ मतदाता रहेकोमा ५२ प्रतिशत अर्थात् ८८ हजार २ सय ८५ मत खसेको छ।
बझाङ १ लाख २२ हजार १ सय ३७ मतदाता रहेकामा ५५ प्रतिशत अर्थात् ४८ हजार ५ सय ५६ मत खसेका जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ।
यस्तै, बैतडीमा १ लाख ४० हजार २ सय १ मतदाता रहेकोमा अहिलेसम्म ६० प्रतिशत अर्थात् ८४ हजार १ सय २० मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
यस्तै, बाजुरामा ८२ हजार ६ सय ९० मतदाता रहेकोमा ४९ हजार ६ सय १४ मत खसेको छ ।