काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गर्न खोजेपछि मतदान स्थगित गरिएको हो।
आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबललगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन्। यद्यपि प्रहरीले मतपेटिका सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सेतोपाटीलाई जानकारी लिए।
मतदान अधिकृतले एकै जनालाई ५-७ वटासम्म मतपत्र दिएको भन्दै स्थिति तनावपूर्ण भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए।