बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप भएको छ।
जयपृथ्वी नगरपालिका-७ मा रहेकाे मतदानस्थलमा सुनिपिपल चौर माविमा झडप भएको हाे।
मतपेटिका फुटाएपछि नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।
तनावग्रस्त अवस्था भएपछि नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ।
यसैगरी जिल्लाकाे केदारस्युँ-४ जगन्नाथ मावि 'ख' केन्द्रमा पनि झडप भएको छ।
मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ।