स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरू भई जारी छ।
केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको आयोगले जनाएको छ।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरूद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरू हुने उनले बताए।