नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।
आफ्नो मताधिकारको प्रयोग गर्दै उनले धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि मावि मतदान केन्द्रमा उनले भोट खसालेका हुन्।
प्रथम राष्ट्रपति रामवरण यादवले मतदान गरेका छन्।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित बिपी कोइराला माविमा पुगेर उनले मतदान गरेका हुन्।