बाराको पचरौता नगरपालिका-२ स्थित मतदान केन्द्रमा नेकपा एमाले र जसपा कार्यकर्ताबीच झडप भएको छ।
मत खसाल्ने विषयमा बरगाछी र लक्ष्मीपुरको मतदान केन्द्र बाहिर दुबै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ शेल अश्रु ग्यास प्रहार गरेको बाराका प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए।
एसपी देउवाका अनुसार बाराकै देवताल गाउँपालिका–७ मा पनि मतदानका क्रममा झडप भएको छ। दुई पक्षबीच विवाद हुँदा झडप भएको हो। झडपका क्रममा १ जनाको टाउको फुटेको एसपी देउवाले जानकारी दिए।
त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ। सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति सम्वेदनशील केन्द्र हुन्।
झडपपछि यी केन्द्रहरूमा मतदान रोकिएको एसपी देउवाले बताए