हुम्लाको अदानचुली र चंखेली गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा झडप भएको छ।
चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृतसहित २ जना घाइते भएका छन्।
झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी काला रावत घाइते भएको कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
बास्तोलाका अनुसार झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ।
यस्तै जिल्लाको अदानचुली ४ स्थित कुकुरफाल्ना जलविद्युत आयोजनाको मतदान केन्द्रमा पनि झडप भएको छ। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको एसएसपी बाँस्तोलाले जानकारी दिए।
केही बेर मदतान कार्यक रोकिए पनि सर्वपक्षीय भेला बसेर पुनः मतदान सुरू भएको एसएसपी बाँस्तोलाले सेतोपाटीलाई जानकारी दिए।