मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थलबाट मतदान गरेका छन्।
मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रको मेरूदण्डका रूपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गरे।
प्रमुख, उपप्रमुखद्वारा मतदान
वीरगञ्ज महानगरपालिकाका मुख्य प्रतिस्पर्धी मेयर तथा उपमेयर सहितका उम्मेदवारले मतदान गरेका छन्।
नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त गठबन्धनबाट उम्मेदवार विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका–१३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलबाट मतदान गरे।