बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेकाे छ।
जिल्लाकाे जयपृथ्वी नगरपालिका -१ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल नगरपालिका-८ पिजलीकाे महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
यी दुबै मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेपछि उक्त वस्तु डिस्पोजल गर्न सेनाकाे टाेली खटाएको छ।
जयपृथ्वीमा प्रेस कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हाे।
यस्तै, बुंगलमा पनि रङको बट्टाजस्तो देखिने शंकास्पद वस्तु फेला परेकाे जनाइएको छ।