नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले मतदान गरेका छन्।
उनले भरतपुर-७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा पुगेर मतदान गरेका हुन्।
पार्टीले उम्मेदवारी फिर्ता लिन पटक-पटक निर्देशन दिँदा पनि नमानेपछि नेपाली कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो।
कांग्रेस केन्द्रीय समितिले पौडेलसहित उनको उमेद्वारी दर्ता गर्दा प्रस्तावक रहेका कृष्णलाल सापकोटा, समर्थक मिना खरेलसहित ८ जनालाई सदस्यबाटै निष्काशन गरेको थियो।
पौडेल ‘भुइँकटहर’ निर्वाचन चिन्ह लिएर मेयरमा उठेका हुन्।