सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका ९ वटै जिल्लाका २ हजार १ सय ३ मतदात केन्द्रबाट मतदान कार्य भइरहेको हो।
प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटा स्थानीय तह छन् भने १६ लाख मतदाता छन्।
मतदाताले ८८ जना प्रमुख र ८८ जना उपप्रमुख र वडा अध्यक्ष र वडा सदस्य गरी ७ सय ३४ जनालाई चुन्ने छन्।
निर्वाचनका लागि प्रदेशमा मतदान अधिकृत, मतदाता कर्मचारी र स्वयंसेवक गरी १५ हजार कर्मचारी खटिएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि सर्वदलीय बैठक हुनेछ। यसपछि मतगणना सुरू हुनेछ।
विकट मतदान केन्द्रबाट निर्वाचन अधिकृत कार्यालयमा मतपेटिका पुग्न समय लाग्ने हुँदा कतिपय ठाउँमा मतगणना ढिला हुनेसक्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।