नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृह जिल्ला रोल्पामा मतदान गरेका छन्।
पुन र घर्तीले रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए।
रोल्पामा रोल्पा नगरपालिकासहित १० स्थानीय तह छन्। माओवादी केन्द्र एक्लै र काँग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपाले चुनावी गठबन्धन गरेका छन्।