प्रदेश १ को एक मात्र महानगर विराटनगरमा शुक्रबार बिहानैदेखि मतदान केन्द्रहरुमा मतदाताको भीड लागेको छ।
महानगरमा गठबन्धनबाट का|ग्रेसका नागेश कोइराला मेयरमा र जसपाका अमरेन्द्र यादव उपमेयरमा उम्मेदवार बनेका छन्। नेकपा एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको छ।
प्रदेश १ का १३७ वटै स्थानीय तहमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदानस्थल छन ।
प्रदेश १ मा कुल ३३ लाख ४७ हजार ३८४ जना मतदाता छन् । एउटा महानगर, २ उपमहानगर ४६ नगरपालिका र ८८ गाउँपालिका रहेको प्रदेश १ मा कुल १ हजार ५७ वडा छन् । स्थानीय तहको निर्वाचनबाट प्रदेशभरी ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
प्रदेश १ मा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् ।