निर्वाचन आयोगले आज शुक्रबारको स्थानीय तह निर्वाचनमा मतदाता परिचय पत्र नभए पनि आफ्नो परिचय खुल्ने कागजातबाट बोकेर गएमा मतदान गर्न पाउने जनाएको छ।
स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने सरकारी कागजातबाट मतदान गर्न पाउने जनाएको छ।
‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।