दाङ तुलसीपुरको अरनिको मैदानस्थित मतदान केन्द्र भारी वर्षाका कारण हिलाम्मे भएपछि मतदान केन्द्र सारिएको छ।
तुलसीपुरस्थित अरनिको मैदानको मतदान केन्द्र नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए।
निरन्तर वर्षाका कारण चौर हिलाम्मे भएपछि सर्वदलीय बैठक बसेको थियो।
बैठकले तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सार्ने निर्णय गरेको हो।
तुलसीपुरको अरनिको मैदानमा २०४८ सालदेखि नै निर्वाचन हुँदै आएको थियो। तर यसपटक भने वर्षाका कारण त्यहाँ मतदान हुन नसकेको हो।