इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सन्दकपुर– ५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले लखेटेका थिए।
एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्की समेत मौन अवधिमा प्रचार–प्रसारको काममा लागेका थिए। स्थानीयलले लखेटेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएकोे हो।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए।
मौन अवधिमा राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए। आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्न समेत उनीहरूले माग गरेका छन्।