नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले मौन अवधिमा पोष्ट गरेको भोट माग्दै गरेको भिडिओ फेसबुकबाट हटाएका छन्।
गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गरेका थिए।
उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरेका थिए। बुधबार दिउँसो उनले उक्त भिडिओ पोष्ट हटाएका छन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ।
मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइन्न।