'अटेरी' अभियानबाट पोखरा महानगरको मेयर उम्मेदवार गनेस पौडेलकी आमा खिमकुमारी पौडेल छोराका लागि भोट मागिरहेकी छन्।
छोरा गनेसले मेयर जिते अहिले गरेका सबै प्रतिवद्धता पूरा गर्ने आमा खिमकुमारीको विश्वास छ।
‘छोराले चुनाव जित्छ, जितेपछि जे/जे गर्छु भनेको छ, त्यो गर्छ,’ उनले भनिन्, ‘जितेन भने लौराले जे/जे गर्छ, त्यही त्यही गर्छ।’
आमा खिमकुमारीले आफू विगत ४० सालदेखि एमालेमा हिँडेको बताइन्। तर पनि एमालेले कुनै काम गर्न नसकेको उनको गुनासो छ।
‘एमालेमा ४० सालदेखि हिँडेको, कहीँ कतै पनि राम्रो देख्न दिएन,’ उनले भनिन्,‘अहिले बहिष्कार हुन्छु भनेको छोराले लौरो लिएर आएको छ, छोरालाई भोट दिन्छु।’
पोखराका मेयर उम्मेदवार गनेसलाई साग बेचेर पढाएको भन्दै भावुक बनेकी आमा खिमकुमारीले पोखरा बनाउन छोराले चुनाव जित्नुपर्ने दाबी गरिन्। एमालेले भत्ता दिएको भनेर भोट मागेकोमा उनको असन्तुष्टि छ।
‘मान्छे फकाउन एमालेले भत्ता दिएको भने फकाएका छन्,’ उनले भनिन्, यसमा फकिएर कोही नहिँड्नू।’