रोल्पाको गङ्गादेव गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ।
झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।
तरुण दलका वडाध्यक्ष मानबहादुर बुढामगर र २० वर्षीय कमल बुढामगर घाइते भएका हुन्।
माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले बताए।
तरुण दलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।
घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले बताए।