तुलसीपुरमा वडा अध्यक्षमा कांग्रेसबाट बागी उठेका रन्दिप न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार ध्रुबबहादुर शाहलाई समर्थन गर्दै नेपाली कांग्रेसका युवा रन्दिपकुमार न्यौपानेले उम्मेदवारी फिर्ता लिएका हुन्।
न्यौपानेले आइतबार एक विज्ञप्तिमार्फत् उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।
निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भई मतदान चिन्हसमेत प्राप्त गरिसकेका न्यौपानेले कांग्रेसका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सहयोग पुगोस् भन्ने हेतुले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।
नेपाली कांग्रेसका नेता र शाहसँगको समझदारीमा अबदेखि शाहलाई विजयी गराउन आफू पनि खटिने न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन्।
साथै, न्यौपानेले सबैलाई शाहलाई मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन अपीलसमेत गरेका छन्।
न्यौपानेले उम्मेदावारी फिर्ता लिएपछि अब वडा नं. १० मा शाहलाई जित्न सहज हुने दाबी गर्न थालिएको छ। यसअघि २०७४ सालको निर्वाचनमा पनि उक्त वडा नेपाली कांग्रेसले नै जितेको थियो।