धनुषाको जनकन्दिनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेषको निधन भएको छ।
उनको ७० वर्षको उमेरमा शनिबार साँझपख निधन भएको हो।
अब्दुल शनिबार दिउँसो नेपाली कांग्रेसको बैठकमा पनि सहभागी थिए।
‘उहाँ पार्टी बैठकमा पनि सहभागी हुनुभएको थियो। सञ्चै देखिनुहुन्थ्यो,’ गाउँपालिका उपाध्यक्ष भारती कार्कीले सेतोपाटीसँग भनिन्, ‘बैठक सकेर घर फर्केको एक/डेढ घन्टामै उहाँको निधन भएको खबर आयो।’
भारतीका अनुसार अब्दुलले गाउँपालिका अध्यक्षबाट राजीनामा दिएका थिएनन्। उनी वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवार पनि उठेका थिएनन्।
अब्दुल फोक्सोको क्यान्सरबाट पीडित थिए। उनी ०७४ मा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।