सत्तारूढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ।
बिहान १० बजे बुटवल ११ देवीनगरस्थित चौपारीमा आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल 'बलदेव' लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
स्थानीय तह निर्वाचनमा बुटवलमा गठबन्धन गरेका सत्तारूढ दलहरूले संयुक्त रूपमा चुनावी सभा आयोजना गरेको नेपाली कांग्रेसले जनाएको छ।
बिहान १० बजेदेखि हुने चुनावी सभामा पार्टीका नेता तथा कार्यकता, भातृ तथा शुभेच्छुक संघ/संस्था गरी एक लाख बढीको सहभागिता हुने अपेक्षा गरिएको नेपाली कांग्रेस क्षेत्रीय सचिव विमलराज भट्टराईले जानकारी दिए।