राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा नेपालमा प्रतिगमन बलियो रहेको बताएका छन्।
उनले संसद विघटन गर्ने प्रतिगमन शक्ति गठबन्धनभन्दा शक्तिशाली रहेको बताए।
आज सत्तागठबन्धनले काठमाडौंमा गरेको चुनावी सभामा उनले भने, ‘गठबन्धनभन्दा प्रतिगमन बलियो छ। प्रतिगमन एक्लै छैन नेपालमा।’
उनले प्रतिगमन शक्तिलाई हराउनुपर्ने बताए।
उनले चन्द्रागिरि नगरपालिकामा जनमोर्चाले उपमेयर उठाएकोले सहयोग गर्न आग्रह गरेका थिए।
छ महानगरलगायत अन्यत्र जनमोर्चाले इमान्दारीपूर्वक गठबन्धनलाई सहयोग गर्ने पनि उनले बताए।
उनले आफू पहिलोपटक चुनावी सभामा आएको पनि बताएका थिए।
स्थानीय चुनाव वैशाख ३० मा हुने भएकोले आफूलाई खुसी लागेको उनको भनाइ थियो।