नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनको विरोध गर्नेहरू कांग्रेस हुन नसक्ने बताएका छन्।
आधिकारिक उम्मेदवारविरूद्ध बागी दिँदा एमालेका लागि सहयोग पुग्ने पनि उनको भनाइ थियो।
‘गठबन्धनको विरोध गर्ने कांग्रेस हुनै सक्दैन,’ सत्तागठबन्धनले काठमाडौंमा आज गरेको चुनावी सभामा उनले भने, ‘बागी उठ्दा त एमालेलाई सहयोग पुग्छ।’
उनले पाँचदलीय गठबन्धन संविधान रक्षाका लागि भएको बताए।
उनले केपी शर्मा ओलीले ठूला आयोजना पूरा नहुँदै उद्घाटन गर्ने गरेर भ्रष्टाचार गरेको पनि आरोप लगाएका थिए।
उनले एमालेबाट काठमाडौंका मेयर उम्मदेवार केशव स्थापितलाई अनुशासन नै नभएको व्यक्ति भनेका थिए।
उनले गठबन्धन कम्तिमा पनि १० वर्षसम्म जाने बताएका थिए।
भिडिओ: