नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट माग्ने आधारसमेत नरहेको बताएका छन्।
ओलीले सरकार सञ्चालन गर्न नसकेर समय खेर फालेको पनि उनले बताए।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भोट माग्नुअघि कम्युनिष्ट पार्टीहरूले यतिका समय खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका थिए।
‘कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफि माग्नुपर्ने हुन्छ,’ उनले भने, ‘जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको समय र अवसर उहाँहरूले खेर फालेकोले जनतासमक्ष क्षमायाचना माग्नुपर्छ।’
थापाले अबको पाँच वर्ष जनताले कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बताए।