नेपाल तरूण दलले निर्वाचन परिचालन समिति गठन गरेको छ।
कांग्रेसको निर्देशनअनुसार तरूण दलले ९४ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो।
अध्यक्ष विद्वान गुरूङका अनुसार निर्वाचन परिचालन समितिको सचिवमा ठानप्रसाद पोखरेललाई तोकिएको छ।
तरूण दलले केन्द्रीय अध्यक्ष विद्वानको अध्यक्षतामा ९४ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ।
वैशाख ३० मा हुने स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने गरी प्रभावकारी भूमिका खेल्न पनि तरूण दलले आग्रह गरेको छ।