सत्तागठबन्धनबाट चितवन महानगरपालिकाको मेयर उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहालले जित सुनिश्चित रहेको बताएकी छन्।
उनले गत पाँच वर्षमा राम्रा काम गरेको पनि बताइन्।
‘हाम्रो जित सुनिश्चित छ,’ सत्तागठबन्धनले आज चितवनमा गरेको चुनावी सभामा उनले भनिन्, ‘केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ।’
उनले चुनाव जितेमा आफू गठबन्धनको साझा मेयर भएर काम गर्ने पनि बताएकी छन्।
उनले गठबन्धनलाई दीगो रूपमा लैजाने पनि बताएकी थिइन्।
उनले गर्व गर्न लायक काम पाँच वर्षमा गरेको दाबी गरेकी थिइन्।
‘यो पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी सिधा आँखाले जनता र प्रतिपक्षका अगाडि कुरा गर्न सक्छौं, गर्व गर्न लायक काम गरेका छौं,’ उनले भनिन्, ‘अब थप पाँच वर्ष समय पाउने हो भने अघि बढेका आयोजना पूरा हुन्छन्।’
भिडिओ: