सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार रहेकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले काठमाडौंमा नि:शुल्क खानेपानी र शौचालयको पनि समस्या रहेको बताएकी छन्।
उनले ठूला सपना देखाउन भन्दा पनि नि:शुल्क खानेपानी र शौचालयको व्यवस्था मिलाउनेतर्फ आफू अघि बढेको बताइन्।
आज शंकरदेव क्याम्पस पूर्वविद्यार्थी संघले गरेको कार्यक्रममा बोल्दै उनले जनताका स-साना समस्या समाधान गर्ने बताइन्।
‘म मेयर भएँ भने घोषणा पत्रमा उल्लेख गरेका सबै प्रतिबद्धता पूरा गर्छु,’ उनले भनिन्, ‘काठमाडौंमा प्यास लागे पानी खाने ठाउँ छैन। किनेर पानी खानुपर्ने बाध्यता छ। सार्वजनिक शौचालय केही ठाउँमा छन् तर व्यवस्थित छैन।’
उनले नि:शुल्क खानेपानी र शौचालयको व्यवस्था गरिने बताएकी छन्। उनले काठमाडौंको संस्कृति र सभ्यता तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने पनि बताइन्।