बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य उम्मेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको छ।
६० वर्षका साउदमाथि गए राति खुकुरी प्रहार भएको हो।
साउद नेकपा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार छन्।
उनीमाथि स्थानीय एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप छ।
घाइते साउदको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारका लागि धनगढी पठाइएको छ। उनको टाउकोमा गम्भीर चोट छ भने टाँका लगाइएको छ।
घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।