स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यतर्फ केही स्थानीय तहमा उम्मेदवारी नै परेको छैन।
वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता भएको थियो।
निर्वाचन आयोगका अनुसार एक सय ४९ दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन।
कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जानकारी दिएको छ।
उम्मेदवारी परेका केही स्थानीय तहहरूमा पनि दलित महिला सदस्य निर्विरोध चयन भएका छन्।