आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मतपत्र सबैभन्दा ठूलो हुने भएको छ।
सबैभन्दा माथिका ६ वटा लहरमा राष्ट्रिय पार्टीको निर्वाचन चिह्न हुनेछन्। त्यसपछि जिल्लाका सक्रिय अन्य दलको चिह्न राखिएको छ। त्यसपछि स्वतन्त्र उम्मेदवारलाई दिइने चिह्नको लहर राखिएको छ।
आयोगका अनुसार काठमाडौंमा ६४ लाइनको मतपत्र हुनेछ। जुन सबैभन्दा ठूलो हो।
एक लहरमा ७ जनालाई मत दिनुपर्ने हुन्छ।
एक जना मतदाताले अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र थप दुई जना वडा सदस्य गरी ७ पदमा मतदान गर्नुपर्ने हुन्छ।
सातवटै पदका लागि एउटै मतपत्रमा कोलम र चिह्न छुट्याइएको छ। मतदाताले एउटै मतपत्रमा ७ पदका लागि ७ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ।