नेपाली कांग्रेसले उपसभापति धनराज गुरूङको नेतृत्वमा रहने गरी देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ।
सभापति शेरबहादुर देउवाले उपसभापति गुरूङको नेतृत्वमा उक्त उपसमिति बनाएका हुन्।
कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको वैशाख २ को निर्णयानुसार शनिबार उक्त उपसमिति गठन भएको छ।
उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुली रहेका छन्।
उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ।