ललितपुरका स्थानीय तहहरूमा उम्मेदवारी दिएकामध्ये ९० जनाले आफ्नो उम्मदेवारी फिर्ता लिएका छन्। यहाँ चार सय १५ जनाले उम्मदेवारी दिएका थिए।
ललितपुरमा चार जना भने निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
नेकपा एमालेबाट ललितपुर महानगरपालिका ११ दलित महिला सदस्यमा उम्मदेवारी दिएकी सूचिना परियार निर्विरोध भएकी छन्।
यस्तै कोन्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य कृष्णकुमारी सुनार र वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य सपना मङ्ग्रान्ती निर्विरोध भएका छन्।
साथै बागमती गाउँपालिका–१ की दलित महिला सदस्य निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
(राससको सहयोगमा)