वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि करिब आठ हजार जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
अहिले उम्मेदवारी परेकाहरूको निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको बताए।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ। एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन्,’ उनले भने, ‘त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ। आज चुनाव चिन्ह प्रदान हुन्छ।’
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो।
स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ।
उम्मेदवारी फिर्ता गर्नेको सूची: