नेकपा एमालेले पोखरा महानगरस्तरीय चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
घोषणा पत्रमा भ्रष्टाचार नियन्त्रणदेखि मोनोरेल, मेट्रोरेल सञ्चालनसम्मका योजना समेटेको छ।
घोषणा पत्रमा फेवातालसहित पोखराका नौ वटै तालको संरक्षण, सेती नदी किनारमा पदमार्ग निर्माण लगायतका योजना राखेको छ।
चुनावी घोषणा पत्रमा एमालेले विभिन्न ६ वटा संकल्प गरेको छ। जसमा एमालेका जनप्रतिनिधि शासक नभई सेवक हुने उल्लेख छ।
एमालेका जनप्रतिनिधि सामाजिक जागरण र विकासका अभिन्यता हुने र सुशासनमा नमूना बन्ने उल्लेख गरेका छन्।
घोषणा पत्रमा एमालेले आफ्ना जनप्रतिनिधि सदाचारका दृष्टान्त स्थापित गर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ।
भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने समेत एमालेले घोषणा पत्रमा उल्लेख गरेको छ।
घोषणा सार्वजनिक गर्दै एमाले पोखराका मेयर उम्मेदवार कृष्ण थापाले यसपछि आफू चुनाव नलड्ने घोषणा गरे।
पार्टीको निर्देशन अनुसार चलेको भन्दै उनले घोषणा पत्रमा उल्लेखित विषय अक्षरंश: लागू गर्ने प्रतिवद्धता जनाए।
घोषणा पत्रको पूर्णपाठ: