पोखरा महानगरपालिकामा 'अटेरी समूह'बाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेलले 'लौरो' चुनाव चिन्ह पाएका छन्।
लेखक समेत रहेका पौडेलले शनिबार महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चुनाव चिन्ह लिएका हुन्।
यस्तै काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पनि 'लौरो' चिन्ह पाएका हुन्।
आज साँझ ५ बजेसम्ममा चुनाव चिन्ह लिइसक्नुपर्ने निर्वाचन आयोगको तालिका छ।
यो पनि: पोखरा महानगरको मेयरमा लेखक गनेश पौडेलको सपना