धनगढी उपमहानगरका मेयरका उम्मेदवार गोपाल हमालले 'आँप' चुनाव चिन्ह पाएका छन्।
निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गर्दैछ।
मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले उनलाई 'आँप' चुनाव चिन्ह वितरण गरेको बताएका हुन्।
विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए।
हमाल चार वर्षदेखि विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक थिए।
हमाल ०७४ कै स्थानीय तह चुनावमा धनगढीमा स्वतन्त्र ढंगले मेयर उठेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग उनी पराजित भए।
त्यसबेला वडले १४३२४ मत ल्याउँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए।