चन्द्रागिरि नगरपालिकामा माओवादी केन्द्रबाट मेयर/उपमेयरमा उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
माओवादीबाट मेयरमा उम्मेदवार दिएका दिलबहादुर महर्जन र उपमेयर उम्मेदवार रूपा महर्जनले उम्मेदवारी फिर्ता लिएका हुन्।
सत्ता गठबन्धनका शीर्ष नेताले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेपछि उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन्।
सत्ता गठबन्धनबाट कांग्रेस र राष्ट्रिय जनमोर्चा पार्टीले मेयर र उपमेयर पद पाएको थियो।
कांग्रेस मेयरमा घनश्याम गिरी र उपमेयरमा जनमोर्चाबाट रोसन दानीले उम्मेदवारी दिएका छन्।
आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।