तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।
पाण्डेले शुक्रबार उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयर उम्मेदवार गेहेन्द्र गिरीलाई समर्थन गरेका हुन्।
उनले सत्तागठबन्धनका साझा उम्मेदवार गिरीलाई विजयी गराउन अपिलसमेत गरेका थिए।
‘गेहेन्द्र निकै संघर्ष गरेको, राम्रो र इमान्दार नेता हो,’ पाण्डेले भने ‘राजनीतिक निष्ठावान गेहेन्द्रलाई सबैले मत दिएर सहयोग गरौं।’