मिथिला नगरपालिकामा एमालेबाट बागी उम्मेदवारी दिएका निवर्तमान मेयर हरि नारायण महतोले उम्मेदवारी फिर्ता लिने भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिपछि उनले एमालेबाटै मेयरमा उठेका राजाराम महतोलाई नै सघाउने निर्णय गरेका हुन्।
‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनुस्, तपाईंको व्यवस्थापन हामी गर्छौं भनेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु,’महतोले भने।
रघुवीर महासेठको बदमासीले आफ्नो टिकट काटिएको उनको भनाइ छ।
एमाले नेताहरूका अनुसार उनलाई प्रदेश सभा सदस्यमा महतोलाई टिकट दिने तयारी छ।
एमाले नगर कमिटीले मेयरको उम्मेदवारका लागि महतोको एकल सिफारिस भए पनि अन्तिम समयमा उनको टिकट काटिएको थियो।
पार्टी परित्यागको घोषणा गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।
उनलाई फकाउन अध्यक्ष ओलीले नै काठमाडौं बोलाएका थिए। बालकोटमा ओलीसँग भेटघाटपछि उनी उम्मेदवारी फिर्ता लिएर राजारामलाई नै सघाउने निर्णयमा पुगेका हुन्।