पाँचदलीय सत्तागठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।
आज बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो।
आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ।
यस्तै सत्तागठबन्धनबाहेक दलसँग भएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति पनि उनीहरूले गरेका छन्।
चितवनलगायत ठाउँमा सत्तागठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेको छ।
यसअघि पनि सत्तागठबन्धनका शीर्ष नेताले आधिकारिक उम्मेदवारबाहेकका स्वतन्त्र (बागी) उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
यसैबीच नेपाली कांग्रेसले बागी उम्मेदवारी दिने, बागीका प्रस्तावक र समर्थकलाई पार्टीबाट कारबाही गर्ने चेतावनी दिएको छ।
आज अपरान्ह ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता नगरे पार्टीबाट स्वत: साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने कांग्रेसको चेतावनी छ।
यस्तो छ संयुक्त विज्ञप्ति: