कैलालीमा सत्तारूढ गठबन्धनले आधारिक उम्मेदवारकाे टुंगाे लगाएर चुनाव लड्ने तयारी गरेकाे छ।
जसअनुसार धनगढी-उपमहानगरपालिकामा मेयरका लागि का|ग्रेसका नृप वड, उपमेयरमा माओवादीकी शान्ति अधिकारी क्षेत्री, गाेदावरी नगरपालिकामा कांग्रेसकै वीरेन्द्र भट्ट, उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले चुनाव लड्ने भएका छन्।
यस्तै, घाेडाघाेडी नगरपालिकामा एकीकृत समाजवादीका खडक रावत, उपमेयरमा नेपाली कांग्रेसका तर्फबाट गुलिया चाैधरी, लम्कीचुहामा मेयरका लागि कांग्रेसका सुशीला शाही, उपमेयरमा माओवादीकी जानकी सिंहले आगामी निर्वाचन भिड्ने छन्।
यस्तै, टीकापुर नगरपालिकामा कांग्रेसका नवराज रावल, उपमेयरमा माओवादीका खडक शाह, भजनीमा नगरपालिकामा माओवादीका शेरबहादुर चाैधरी, उपप्रमुखमा कांग्रेसका गाेकेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
गाैरीगंगा नगरपालिकामा मेयरमा माओवादीका देवीदत्त कँडेल, नेपाली कांग्रेसका भाेजबहादुर बम उपमेयरका लागि चुनाव लड्ने भएका छन्।
चुरे गाउँपालिकामा अध्यक्षका लागि एकीकृत समाजवादीका लाेकबहादुर सारूमगर, उपाध्यक्षका लागि कांग्रेसकी धना थापा, जानकीमा अध्यक्षका लागि कांग्रेसका पर्शुराम कठिरया महताे, उपाध्यक्षका लागि माओवादीका जयप्रकाश दहितले उम्मेदवारी दर्ता गराएका छन्।
जाेशीपुरमा कांग्रेसका वंशराम कठिरया अध्यक्षका लागि, उपाध्यक्षका लागि माओवादीका दीर्घ बिनाडीले चुनाव लड्ने गठबन्धनले तयारी गरेकाे छ।
कैलारीमा माओवादीका अध्यक्षका लागि लाजुराम चाैधरी, उपाध्यक्षका लागि भगवती कुमारी चाैधरीले उम्मेदवारी दर्ता गराएका छन्।
माेहन्यालमा अध्यक्षमा माओवादीका देवीदत्त उपाध्याय र उपाध्यक्षमा नेपाली कांग्रेसका कमल साउदले चुनाव लड्ने तयारी गरेका छन् ।
यस्तै, बर्दगाेरियामा नेपाली कांग्रेसका शेरबहादुर कठरिया, उपाध्यक्षमा माओवादीका गणेश गिरीले चुनाव लड्ने भएका हुन्।
गठबन्धनकाे भागबन्डामा जिल्लाका १३ स्थानीय तहमध्ये कांग्रेसलाई ७ प्रमुख र ६ उपप्रमुख भाग परेकाे छ।
यस्तै, नेकपा माओवादीलाई ४ प्रमुख र ६ उपप्रमुख भाग परेकाे छ। यस्तै, २ प्रमुख र १ उपप्रमुख एकीकृत समाजवादीकाे भागमा परेकाे छ।
गठबन्धनले आधारिक उम्मेदवार बाहेकका स्वतन्त्र उम्मेदवारी दर्ता गराएकालाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ ।