सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ।
कमलामाई नगरपालिकामा नेकपा माओवादीका दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको हो।
उनको नाम समानुपातिक प्रणालीको बन्दसूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो।
उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए।